नियम ५३
इजलासले आदेश दिन सक्ने
कसैले व्यक्तिगत लाभ हासिल गर्ने, राजनीतिक वा आर्थिक स्वार्थ परिपूर्ति गर्ने, कसैप्रति पूर्वाग्रह राखी अरूलाई दुःख दिने वा क्षति पुर्‍याउने नियतले वा वास्तविक सरोकारवालालाई प्रतिकूल असर पुर्‍याउने उद्देश्यले निवेदन दिएको देखिएमा त्यस्तो व्यक्तिको विरुद्धमा इजलासले आदेश दिन सक्नेछ ।